Thursday, 26 November 2026
Suryodaya Online
१० मंसिर २०८३, बिहीबार
विज्ञापन

सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको घोषणा

Suryodaya Online TV

काठमाडौं । दुर्घटना तथा विपदमा परेका घाइतेलाई तत्काल अस्पताल पुर्‍याएर उपचार सेवा उपलब्ध गराउन सरकारले देशभर एउटै आकस्मिक नम्बर १०२ सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको जानकारी दिइन् ।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिएको बताइन् ।

मन्त्री मेहताले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्ने बताइन् ।

दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । घाइतेको उपचारसँगै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने उनले बताइन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private