काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित निकाल्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। कर्णालीले चितवन राइनोजविरुद्धको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा टोलीमा आएका छन्।
यता चितवन राइनोजले भने आजको खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरले खेल्ने भएका छन्।
अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ। कर्णाली याक्स भने सातौँ स्थानमा छ।