इटहरी । कोशी प्रदेशका खेल प्रशिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको रिफ्रेसर कोर्स बिहीबार सम्पन्न भएको छ
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कोर्समा प्रशिक्षकहरूलाई प्रशिक्षणसम्बन्धी ज्ञान र सीप अद्यावधिक गराउने विषयमा प्रशिक्षण दिइएको थियो।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डकी अध्यक्ष गीता तिम्सिना प्रमुख अतिथि थिइन्। बोर्डका सदस्यसचिव विप्लव घोषको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री तिम्सिनाले सहभागी प्रशिक्षकहरूलाई टी–सर्ट वितरण गरेकी थिइन्।
कोर्समा प्रशिक्षक नारायण प्रधान, सुशील नरसिंह राणा र पार्थ सारथी सेन गुप्ताले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बोर्डका उपाध्यक्ष वशन्तराज आर्यल, सन्तोषी श्रेष्ठसहित बोर्डका सदस्यहरू, सुनसरी र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, प्रदेश सरकारका सचिव भोगेन्द्र थापा तथा बोर्डका कर्मचारीहरूको उपस्थिति थियो।
बोर्डका उपाध्यक्ष वशन्तराज आर्यलले स्वागत मन्तव्य राखेको कार्यक्रम प्रमुख प्रशासनिक अधिकृत विनोद पाण्डेले सञ्चालन गरेका थिए।