काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (सीओपी३१) का क्रममा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्।काठमाडौं । टर्कीमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको ३१औँ सम्मेलन (सीओपी३१) मा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
सम्मेलनमा सहभागी हुने क्रममा उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको भावी जलवायु कार्यक्रमबारे छलफल गरे। त्यस्तै, जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा नेपालको सहभागिता र लाभका विषयमा विशेष सम्बोधन गरे ।
अर्थमन्त्री वाग्लेले जलवायु तथा अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि भेटघाट गरे। उनले जलवायु परिवर्तनका चुनौती र त्यसको आर्थिक प्रभावका विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग विचार आदानप्रदान गरेका थिए।
यसक्रममा वाग्लेले न्युयोर्क टाइम्सलाई अन्तर्वार्तासमेत दिए। सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भए।
सीओपी३१ मा अर्थमन्त्री वाग्लेले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाउँदै नेपालको जलवायु वित्त, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाएका थिए।