काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ। चाँदीको मूल्य पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँले सस्तिएको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।