Monday, 02 November 2026
Suryodaya Online
१६ कात्तिक २०८३, सोमबार
विज्ञापन

दयाहाङ राईकै दुई चलचित्रबीच बक्स अफिस प्रतिस्पर्धा : टिकट बिक्रीमा ‘पेन्सन पट्टा’ अगाडि, कमाइमा ‘कबड्डी ५’

Suryodaya Online१६ कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

Convert to PDF

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अभिनेता दयाहाङ राईका चलचित्रबीच बक्स अफिसमा रोचक प्रतिस्पर्धा देखिएको छ। दयाहाङ अभिनीत चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ र ‘पेन्सन पट्टा’को व्यापारिक तथ्यांक तुलना गर्दा टिकट बिक्रीमा ‘पेन्सन पट्टा’ अगाडि देखिएको छ भने कुल आम्दानीमा ‘कबड्डी ५’ले बाजी मारेको छ।

सिनेमा बक्स अफिस प्रणालीबाट सार्वजनिक २०८३ कात्तिक १५ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार ‘पेन्सन पट्टा’ले ३ लाख ६२ हजार २०१ टिकट बिक्री गरेको छ। यसबाट चलचित्रले १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस आम्दानी गरेको छ।

त्यस्तै, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले ३ लाख ४६ हजार ४२७ टिकट बिक्री गर्दै १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस आम्दानी गरेको छ।

तथ्यांकअनुसार ‘पेन्सन पट्टा’ले ‘कबड्डी ५’भन्दा १५ हजार ७७४ बढी टिकट बिक्री गरेको छ। तर आम्दानीतर्फ भने ‘कबड्डी ५’ करिब ४८ लाख ५५ हजार रुपैयाँले अगाडि छ।

यसले टिकट बिक्री संख्या बढी हुँदैमा कुल आम्दानी पनि बढी हुन्छ भन्ने नहुने देखाएको छ। चलचित्रको टिकट मूल्य, प्रदर्शन भएका हल तथा शोको संख्याले पनि कुल व्यापारमा प्रभाव पार्छ।

दयाहाङ राईका यी दुई चलचित्रको बक्स अफिस प्रदर्शनले नेपाली चलचित्र बजारमा एउटै कलाकारका फरक चलचित्रबीच पनि दर्शकको आकर्षण र व्यापारिक परिणाम फरक हुन सक्ने देखाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private