Tuesday, 27 October 2026
Suryodaya Online
१० कात्तिक २०८३, मंगलबार
विज्ञापन

तीन दिनमै ‘कबड्डी ५’ को कमाइ ५ करोड २४ लाख, बक्स अफिसमा ऐतिहासिक सुरुवात

Suryodaya Online१० कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौँ। नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको तीन दिनमै ५ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उत्साहजनक साथ पाएको हो।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमै आक्रामक व्यापार गरेको थियो। प्रारम्भिक विवरणअनुसार पहिलो दिनको कमाइ करिब १ करोड ६० लाखदेखि २ करोड १३ लाख रुपैयाँसम्म रहेको बताइएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, मिरुना मगर र विजय बराललगायत कलाकारको अभिनय रहेको छ। चर्चित ‘कबड्डी’ शृङ्खलाको नयाँ चलचित्र भएकाले पनि दर्शकमाझ यसको प्रतीक्षा र आकर्षण देखिएको छ।

चलचित्रले देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनमा उल्लेख्य शो पाएको छ। दर्शकको चाप र सुरुवाती व्यापारले चलचित्रको प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ।

प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो मापदण्डअनुसार चलचित्रलाई ‘सुपरहिट’ ट्याग दिएको विवरण सार्वजनिक भएका छन्। यसले चलचित्रको व्यावसायिक सफलताबारे थप चर्चा बढाएको छ।

तीन दिनमै ५ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सनको आँकडा पार गरेसँगै ‘कबड्डी ५’ नेपाली चलचित्र क्षेत्रको चर्चित बक्स अफिस उपलब्धितर्फ अघि बढेको छ। आगामी दिनमा यसको व्यापार कति माथि पुग्छ भन्नेमा चलचित्र क्षेत्र र दर्शकको चासो बढेको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private