Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

यसकारण चर्चा र विवादको उत्कर्षमा थियो पशुपतिको गीत, ‘लुट्न सके लुट कान्छा’

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

सर्वसाधारण महँगी र बेरोजगारीले आक्रान्त थिए। बिरामी बुबाआमाको औषधोपचार गराउन, साना लालाबालालाई ठिकठाककै शिक्षादीक्षा दिन युवाहरू विदेशिन बाध्य थिए। विदेशिने युवाको यो संख्या दैनिक ३६ सयको हाराहारीमा थियो।

खेतीकिसानी गर्नेलाई न बिउबिजन, न सिँचाइ सुविधा, न मलखाद। दुःखजिलो गरेर उब्जाएको सागसब्जी र अन्नले बजार पाउँदैनथ्यो। देशमै केही उद्यमव्यवसाय गर्न चाहनेहरू अनेक झमेलाले हत्तुहैरान हुन्थे। जागिर खान नेता– मन्त्रीको अगाडि साष्टाङ्ग दण्डवत् गर्नुपर्ने स्थिति थियो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private