काठमाडौं, १६ कात्तिक। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लक्षित गर्दै आफू नडराउने टिप्पणी गरेका छन्।
थापाले सोमबार सामाजिक सञ्जालमार्फत ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै प्रधानमन्त्री शाहप्रति लक्षित अभिव्यक्ति दिएका हुन्।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि शनिबार प्रधानमन्त्री बालेन शाहले आफ्नो फेसबुकमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि सभापति थापाले सोमबार प्रतीकात्मक रूपमा समय उल्लेख गर्दै प्रतिक्रिया दिएका हुन्।
थापाको पछिल्लो टिप्पणीलाई प्रधानमन्त्री शाहको अघिल्लो अभिव्यक्तिसँग जोडेर हेरिएको छ। यद्यपि उनले आफ्नो टिप्पणीमा प्रधानमन्त्रीको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्।