Saturday, 21 November 2026
Suryodaya Online
५ मंसिर २०८३, शनिबार
विज्ञापन

लगातार दोस्रो उपाधिको खोजीमा लुम्बिनी, पहिलो च्याम्पियन बन्ने लक्ष्यमा सुदूरपश्चिम

Suryodaya Online TV

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो संस्करणको विजेता लुम्बिनी यसपटक पनि उपाधि जोगाउने योजनामा छ ।

यता लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघिका दुई फाइनलमा उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि खडेरी अन्त्य गर्ने दाउमा छ ।

दुवै टोलीका लागि यो फाइनल प्रतिष्ठासँगै इतिहास रच्ने अवसर पनि बनेको छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private