Thursday, 19 November 2026
Suryodaya Online
३ मंसिर २०८३, बिहीबार
विज्ञापन

एनपीएलको दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिम भिड्दै

Suryodaya Online TV

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन्।

दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाउनेछ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private