Saturday, 21 November 2026
Suryodaya Online
५ मंसिर २०८३, शनिबार
विज्ञापन

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

Suryodaya Online TV

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आधार बनाएर अनलाइन सट्टेबाजी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक छन् । प्रहरीले उनीहरूको साथबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private