Tuesday, 17 November 2026
Suryodaya Online
१ मंसिर २०८३, मंगलबार
विज्ञापन

एमालेको प्राथमिकता सरकार परिवर्तन होइन : योगेश भट्टराई

Suryodaya Online TV

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले तत्काल सरकार परिवर्तन गर्ने वा सरकारमा सहभागी हुने पार्टीको कुनै योजना नरहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अहिलेको संसदीय अंकगणितका आधारमा सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्ट बहुमत रहेकाले उसको आन्तरिक विवादमा एमालेले हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे ।

भट्टराईले सरकारका कामकारबाहीप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गरे । सरकारका गलत गतिविधि निरन्तर रहे जनस्तरबाटै प्रतिवाद हुन सक्ने उनको भनाइ थियो ।

यद्यपि सडक आन्दोलनका माध्यमबाट सरकार परिवर्तन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण हुने उनले बताए । एमाले सडकबाट सरकार परिवर्तन गर्ने पक्षमा नरहेको उनको स्पष्टोक्ति थियो ।

उनका अनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ । भेलामा सरकारका कामकारबाहीको समीक्षा गर्नुका साथै जनविरोधी निर्णय र गतिविधिविरुद्ध दबाब सिर्जना गर्ने विषयमा छलफल हुनेछ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private