Tuesday, 27 October 2026
Suryodaya Online
१० कात्तिक २०८३, मंगलबार
विज्ञापन

एनपीएल–३ : पहिलो अर्धशतक डेविड मलानको नाममा

Suryodaya Online१० कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौँ, कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक चितवन राइनोजका ओपनर डेविड मलानले प्रहार गरेका छन्।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गर्ने क्रममा मलानले ४१ बलमा ५० रन पूरा गर्दै प्रतियोगिताको पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका हुन्।अर्धशतक पूरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे। मलानले आक्रामक ब्याटिङ गर्दै चितवनको इनिङ्सलाई गति दिएका छन्।

उनले अर्का ओपनर देव खनालसँग मिलेर ५८ रनको साझेदारी गरेका थिए। यस साझेदारीले चितवनलाई सुरुआती अवस्थामा बलियो आधार प्रदान गरेको छ।खेलको १०.२ ओभर समाप्त हुँदा चितवन राइनोजले एक विकेट गुमाएर ७२ रन बनाएको थियो। मलान अर्धशतक पूरा गरेर क्रिजमा रहेका थिए भने अर्जुन साउद तीन रनमा खेलिरहेका थिए।

प्रतियोगिताको सुरुआती खेलमै मलानले देखाएको प्रदर्शनले चितवनको ब्याटिङलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private