Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

एकपछि अर्को विवादमा गनेस : नियुक्तिको भारीले थिचिँदै नैतिकता

Suryodaya Online२८ असोज २०८३admin0 प्रतिक्रिया

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) पछिल्ला केही नियुक्तिका कारण राजनीतिक तथा नैतिक प्रश्नको घेरामा परेका छन् । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्ति सर्वोच्च अदालतबाट बदर हुनु र नेपाल प्रज्ञा प्रतिष्ठानसहितका प्राज्ञिक संस्थामा भएका नियुक्तिलाई लिएर उठेका विवादले मन्त्री पौडेलको ‘मेरिट’, सुशासन र पारदर्शितामा आधारित काम गर्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको हो ।

नेपाल वायुसेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि मन्त्री पौडेल नेतृत्वको मन्त्रालयमाथि उठेको प्रश्न थप गम्भीर बनेको छ । सर्वोच्च अदालत अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गर्दै रिट जारी गरेको थियाे ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private