Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

एक्सप्रेस वे’ कि ट्र्याक छाडेको लोकलबस ?

Suryodaya Online२८ असोज २०८३admin0 प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असार ७ गते रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेस वेमा गुडिरहेको गाडी’सँग तुलना गरेका थिए । एमाले नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटरसँगै बेला–बेला ब्रेक पनि आवश्यक पर्ने सुझाव दिएपछि जवाफमा शाहले गन्तव्यमा नपुग्दासम्म ब्रेक नलाग्ने जवाफ फर्काएका थिए ।

‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो । गाडी सिधा गइराख्दा लेफ्टबाट गाडी आउँछ, राइटबाट मान्छे आउँछ । हाम्रो गाडी एक्सप्रेस वे हिँडेको गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी हुँदैन र हाम्रो गाडी अनियन्त्रित पनि छैन’, बालेनको जवाफ थियो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private