Tuesday, 27 October 2026
Suryodaya Online
१० कात्तिक २०८३, मंगलबार
विज्ञापन

एनपीएलका खेल डिशहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

Suryodaya Online१० कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौँ, कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल डिशहोम डीटीएच तथा आईपीटीभीमार्फत अतिरिक्त शुल्कबिना एचडी गुणस्तरमा प्रत्यक्ष हेर्न पाइने भएको छ।

डिशहोमका अनुसार सक्रिय डीटीएच तथा आईपीटीभी सदस्यता भएका ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।प्रतियोगिताका खेल हेर्न ग्राहकको सदस्यता सक्रिय हुनुपर्नेछ। सदस्यता अवधि समाप्त भएका ग्राहकले खल्ती वा ईसेवामार्फत रिचार्ज गरेर प्रसारण हेर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

‘एनपीएल सिजन ३ : क्रिकेटको जोस, डिशहोमको साथ’ भन्ने नारासहित डिशहोमले क्रिकेटप्रेमीलाई घरमै बसेर उच्च गुणस्तरमा खेल हेर्ने सुविधा उपलब्ध गराएको हो।

यस व्यवस्थाले नेपाली क्रिकेटका समर्थकलाई एनपीएलका खेल प्रत्यक्ष हेर्न सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private