काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले नेपाली काँग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताउनु भयो । उहाँले गगन थापा नेतृत्वको काँग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेद्वारी टुग्याउने जानकारी पनि दिनुभयो ।
संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिनुहुँदै उहाँले १६५ वटै क्षेत्रमा उम्मेद्वारी टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताउनु भयो । उहाँले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गनुभयो ।
उहाँले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरुले सहयोग गर्ने बताउनु भयो ।






