दक्षिण लेबनानमा इजरायली हवाई हमलामा पत्रकारको मृत्यु


११ बैशाख २०८३, शुक्रबार १०:२७ मा प्रकाशित


लेबनानको प्रसारक अल–जदीद टिभीकाअनुसार दक्षिण लेबनानमा इजरायली हवाई हमलापछि भग्नावशेषमा फसेकी पत्रकार अमल खलिलको मृत्यु भएको छ । यो हमला अल–तिरी र हद्दाथालाई जोड्ने सडकमा लक्षित थियो ।

जसले गर्दा खलिल र अर्की पत्रकार जैनब फराजसम्म उद्धार टोलीको पहुँच अवरुद्ध भएको थियो । पछि फराजलाई अस्पताल पु¥याइयो, जहाँ उनको शल्यक्रिया गरिएको छ । लेबनानी रेड क्रसले पछि खलिलको शव निकालेको छ र उनको मृत्यु पुष्टि गरेको छ ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले बिहीवार पत्रकारको मृत्यु हुनेगरी भएको इजरायली हवाई हमलाको निन्दा गरेका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here