काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गरेको स्रोतले जानकारी दियो ।
“गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक गर्ने निर्णय भएको छ,” स्रोतले भन्यो । निर्वाचन आयोगका पदाधिकारीको बैठकमा बहुमतले यस्तो निर्णय गरेको हो ।

आयोग स्रोतले दिएको जानकारीअनुसार अद्यावधिक गर्नुपर्ने प्रस्तावमा सगुन शमशेर जबराले फरक धारणा राखेका थिए भने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधर अद्यावधिक गर्नुपर्ने पक्षमा थिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अद्यावधिकका लागि निवेदन दिएका थिए । सोहीअनुसार अद्यावधिक गर्ने निर्णय गरिएको आयोगको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो ।