साहित्य पत्रकारिता सम्बन्धी लेखन कार्यशाला सम्पन्न


५ कार्तिक २०८१, सोमबार २०:१५ मा प्रकाशित

इलाम । विरता रिर्डसको आयोजनामा साहित्य पत्रकारिता सम्बन्धी लेखन कार्यशाला इलाम जिल्लाको रोङ गाउँपालिमा सम्पन्न गरिएको छ ।

पर्यटनलाई साहित्यसंग जोड्ने उदेश्यले झापाको बिर्तामोडबाट पर्यटकको नयाँ गन्तव्य स्थल किराँत पार्क  सम्मको यात्रा तयगर्दै उक्त स्थानमा लेखन कार्यशालाको आयोजना गरीएको थियो ।

साहित्य पत्रकार मञ्च र झापाली साहित्य समाजको सहकार्यमा आयोजित कार्यशालामा झापाका पत्रकार , साहित्यकार र लेखकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

विरता रिर्डस किताब मेला यात्रा १ नाम दिइएको भ्रमणमा साहित्यमा प्रकृतिको सम्बन्ध,साहित्यमा आवश्यक शव्द र अलङकारको चयन, भाषिक शुद्वता, साहित्य पत्रकारितामा पत्रकारको उर्जापूर्ण सहभागिता ,लेखन शैलीको सिद्वान्तपूर्ण समावेशिता लगायतका विविध विषयमा कार्यशाला गोष्ठीमा छलफल भएको  भएको थियो ।

लेखन कार्यशालाका प्रशिक्षक साहित्यकार तथा पत्रकार सन्तोष आर्चायले पत्रकारिता हतारिएको साहित्य हो भनेर उम्कन नपाउने बताउनु भयो । उहाँले साहित्य र जिवनको अन्तर सम्बन्ध रहको बताउनुभयो ।

आर्चायले जिवन वर्तमानको चालक र विगत इतिहासको चित्रण रहेको प्रकाश पार्नुभयो । उहाँले साहित्य किन लेख्दै छु भन्ने हेक्का साहित्यकारहरुले राख्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै  मेरो रेडियोका प्रबन्ध निर्दैशक तथा लेखक कुमार भट्टराईले साहित्य लेखनको विधी प्रगतिशिल साहित्यका सन्र्दभमा प्रकाश पार्नुभएको थियो । उहाँले मको उदाहरण दिदै  मानविय परिचय आफ्नो कर्ममा निर्भर पर्ने बताउनु भयो ।

उहाँले झापामा साहित्य पत्रकारीता नै हुन नसकिरहेको बेलामा यस किसिमको लेखन कार्यशाल हुनु आफैमा सुन्दर पक्ष रहेको बताउनु भयो । 

प्रशिक्षणका अर्का प्रशिक्षक , कार्यक्रमका संयोजक , लेखक पत्रकार तिर्थ सिग्देलले साहित्यलाई पर्यटन संग जोड्दै साहित्य पत्रकारितामा कलम चलाउन चाहनेहरुका लागि लेखन कार्यशाला  कोशेढुङगा सावित  भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here