झापा, देव वाँस्कोटा । झापाको कन्काई नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल धनुष मोड भुरुङ्गामा आज विभिन्न केबल टिभी तथा सञ्चार नेटवर्कमा निरन्तर पाँच वर्ष वा सोभन्दा बढी समयसम्म सेवा गरेका उत्कृष्ट कर्मचारीहरूलाई विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ ।
कार्यक्रममा पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको निरन्तर मेहनत, लगनशीलता र संस्थाप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको थियो । सूर्योदय टेलिभिजनका कर्पोरेट डाइरेक्टर याम बिमलीले सम्मानित सबै कर्मचारीहरूको सम्मानपत्र वाचन गर्नुभएको थियो ।
सम्मानित कर्मचारीहरू
मेची स्पेसलिङ्क केबल टिभी नेटवर्क प्रा.लि.ः बाट श्री शिवाकोटी, बुद्धिलाल राजवंशी, चेत कुमारी दाहाल, अनिशा काफ्ले, विश्वनाथ काफ्ले, विष्णु कार्की, डिल्लि राम उप्रेती, डोलेश्वर चापागाईं (बिनोद), मिलन राई, किशोर उप्रेती सम्मानित हुनुभएको हो ।

कन्काई केबल नेटवर्क प्रा.लि.ः बाट दिवास पोखरेल, बिनोद थापा, पुण्य चापागाईं, मोहन राजवंशी, जीवन थापा, जय चाम्लागाईं, चन्द्रप्रसाद राजवंशी, भीमचन्द्र बी.क., रमेश थापा, माया देवी राई, धनकुमार रम्तेल, सोवित लिम्बु सम्मानित हुनुभएको हो ।
त्यस्तै न्यु बुद्ध केबल नेटवर्कः बाट वीरेन्द्र क्षेत्री, सुरज निरौला, मञ्जु निरौला, सुसान्त सरु मगर, उचित किस्कु, दिलीप सोरेन सम्मानित हुनुभएको हो ।
त्यस्तै सूर्योदय टिभीः बाट कवि चन्द्र गुरागाईं, रवि किरण बान्तावा राई, दशरथ राजवंशी सम्मानित हुनुभएको हो ।
त्यस्तै फिकल केबल टिभी नेटवर्क प्रा.लि. (सूर्योदय नगरपालिका, इलाम)ः बाट दिल्लीकुमार थेबे, मनकुमार, नेत्र घिमिरे, राहुल तामाङ, मनिष राई, मेनुका मुखिया, पूर्णलिम्बु, सागर तामाङ, चन्द्र लिम्बु सम्मानित हुनुभएको हो ।
उक्त कार्यक्रममार्फत जम्मा ४२ जनालाई सम्मानित गरिएको थियो । सम्मानपत्र सञ्चालक तथा प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती, अध्यक्ष मनोज उप्रेती, सञ्चालक टंक गौतम, युवराज दाहाल, नवराज दाहाल, व्यवस्थापक डिल्ली शिवाकोटी, कृष्ण कुइकेल लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले कर्मचारी नै संस्थाको मेरुदण्ड भएको बताउँदैे योगदान र मेहनतलाई सँधै मूल्यांकन गर्दै जाने बताउनुभयो । उहाँले यस सम्मानले उनीहरूलाई थप उत्साहित बनाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । अध्यक्ष मनोज उप्रेतीले निरन्तर सेवा र प्रतिबद्धताका लागि कर्मचारीहरूलाई सम्मान गरेका बताउनुभयो ।
उहाँले भविष्यमा पनि यस्तै योगदान र लगनशीलतासँग संस्थाको सेवामा जुटिरहन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी कर्मचारीहरूले संस्थाले गरेको कदरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।






