न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औँ वार्षिकोत्सव सम्पन्न


१८ माघ २०८२, शनिबार १७:२८ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाइन न्युज पोटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ ।

न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार पत्रकार न्यौपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।

पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । पत्रकार न्यौपाने शैक्षिक, आर्थिक, सामाजिक लगायतका विद्यासहित खोजमुलक रिपोर्टिङमा दख्खल राख्छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतले सम्मान गरेका हुन् ।

त्यस्तै सोही अवसरमा शिक्षासेवी, विद्यार्थी, अभिभावक र शिक्षकलाई पनि सम्मान गरिएको छ । न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो भने शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो ।

यसैगरी उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, विद्यालयका सञ्चालक आशिष प्रसाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत शिक्षासेवी, अभिभावक, समाजसेवीलगायतको आतिथ्य रहेको थियो ।

सोही कार्यक्रमकाबीच न्यूटन्स एकेडेमीले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो भने सरस्वती मावि, कनकाई आदर्श विद्या मन्दिर घैलाडुब्बा र आठराईको विद्यालयलाई जनही ३ लाख १० रुपैयाँको अक्षयकोष र बिर्तामोडको मदरसा तालिमूल कुरान बिद्यालयलाई ५० हजार सहयोग गरेको छ ।

विद्यालयको गतिविधिका विषयमा प्रिन्सिपल देबेन्द्र हुमागाईले प्रकाश पारेको कार्यक्रममा विद्यार्थी अनन्य खरेलले स्वागत तथा सञ्चारकर्मी लीला अनमोल र शिक्षक पवित्रा पौडेलले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here