काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताउनु भयो । उहाँले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गर्नुभयो ।
विशेष महाधिवेशन काँग्रेसको निकासको लागी मात्रै नभई देशकै निकास निकाल्नको लागी आवश्यक भएको बताउनु भयो । काँग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताउनु भयो ।






