काठमाडौँ। सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ । घरेलु दशरथ रंगशालाको मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा माल्दिभ्समाथि ११-० को जित हासिल गरेको हो ।
दशरथ रंगशालामा नेपाली चेलीहरुले यति ठूलो फराकिलो अन्तरको गोल यसअघि गरेका थिएनन् । नेपालका लागि रेखा पौडेल एक्लैले पाँच गोल गरिन् । त्यस्तै प्रिती राईले तीन गोल गरिनन् ।
सविता राना मगर, अमिषा कार्की र अनिता केसीले एक–एक गोल गरे । आधा दर्जन गोल गर्ने अवसर त नेपालले मध्यान्तरअघि नै खेर फालेको थियो ।
पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएन ।
पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन ।
समूह बी को खेलमा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।
साफमा नेपाल र माल्दिभ्स चार पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ ।
यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा भने प्रशिक्षकले उतारेनन् ।