टिमाईमा जिर्ण अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्पको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा


५ माघ २०८२, आईतवार १७:०१ मा प्रकाशित

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्तिकै प्रमुख सुरक्षा संयन्त्र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्पको नयाँ भवनको काम अन्तिम चरणमा पुगेको छ ।

बुद्धशान्ति ४ स्थित टिमाईमा जिर्ण अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्पको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढे सँगै १ तले ४ कोठा भएको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

भवन निर्माण गर्न समितिनै बनाएर मंसिर बाट सुरू सुरु गरिएको भवन निर्माण कार्य २०८२ माघको मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित थालिएको थियो । सशस्त्र प्रहरी टिमाई बेस क्याम्पका प्रमुख केदार श्रेष्ठका अनुसार भवन निर्माणको काम हालसम्म करिब ९० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो ।

उहाँले क्याम्पको आवास, कार्यालय सञ्चालनमा आउँदा सुरक्षासम्बन्धी गतिविधि थप व्यवस्थित र द्रुत हुदै जाने बताउनु भयो । उहाँले हाल सम्म खानेपानीको ट्याङकी राख्ने र पानीको धारा जडान गरि ३ वटा पक्की ट्वाईलेट बाथरुमको काम सम्पन्न भइसकेको बताउनुभयो ।

उहाँले जिर्ण संरचना हटाएर आधुनिक भवन निर्माण हुनु सुरक्षाका लागि आवश्यक रहेको बताउनु भयो । नयाँ संरचनाले सुरक्षाकर्मीहरूको मनोबल वृद्धि गर्नेछ । समुदायसँग सहकार्य गर्दै सेवा प्रवाह अझ सजिलो हुने बताउनु भयो ।

भवन निर्माण समितिका अध्यक्ष दिलविर थेबेका अनुसार स्थानीय बासी सहित स्थानीय सरकार लगायत सबैको पहल बाट सशस्त्र प्रहरी बलको कार्यालय संचालन,आवास लगायत प्रयोजनका निम्ति भवन निर्माण समिति चयन पश्चात् भवन निर्माणको काम गरिएको बताउनु भयो ।

उहाँले स्थानीय बासी सर्वसाधारणले भवन निर्माणलाई सकारात्मक रूपमा लिएको बताउनुभयो । उनीहरूले व्यवस्थित र सुरक्षित भवनको खाँचो लामो समयदेखि महसुस गर्दै आएका थिए । निर्माण व्यवसायी सनिहाँङ लिम्बुका अनुसार भवनको ढाँचा तयार भइसकेको र अहिले अन्तिम सिँगारपोत तथा आन्तरिक सजावटको काम तीव्र गतिमा भइरहेको बताउनु भयो ।

उहाँले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न साथ सुरक्षाको क्षेत्रमा नयाँ ऊर्जा ल्याउने बताउनु भयो । जिल्ला सशस्त्र प्रहरी वल नेपाल झापाका एस पि तुल बहादुर भण्डारी बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानि प्रसाद खतिवडा भवन निर्माण समितिका अध्यक्ष दिलविर (करण) थेबे लगायत अन्य अतिथिहरूले भवनको शिलान्यास गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here