लेबनानमा इजरायली हवाई आक्रमणः १६ जनाको मृत्यु, २४ घाइते


६ कार्तिक २०८१, मंगलवार ०९:३४ मा प्रकाशित

दक्षिणी लेबनानलाई लक्षित गरी भएको इजरायली हवाई हमलामा १६ जनाको मृत्यु भएको छ । साथै २४ जना घाइते भएका छन् ।

जहरानी नदी, श्रीफा, काब्रिखा, बब्लिएह, केफर डुनिन, बोर्ज राहल र देर कानौनको नगरपालिका लगायत दक्षिणी लेबनानी साइटहरूमा इजरायली आक्रमणको परिणाम हो । सिभिल डिफेन्स टोलीहरू र लेबनानी रेड क्रसले मृतक र घाइतेहरूको शवलाई दक्षिणी लेबनानको सिडोन, टायर र नाबतीहका अस्पतालहरूमा स्थानान्तरण गर्न काम गरेका छन् ।

उद्धार टोलीहरू बेपत्ता व्यक्तिहरूको खोजीमा भग्नावशेष हटाउन काम गरिरहेका छन् । गत आईतवार दिउँसोदेखि, हिजबुल्लाह लडाकुहरू र इजरायली सेनाहरू बीच हिंसात्मक झडपहरू भएका छन् । जसले दक्षिणी लेबनानका धेरै सीमाना शहरहरूमा घुसपैठ गरेका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here