संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक


६ आश्विन २०८१, आईतवार १७:४६ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।


आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुरा नरहेको बताउनु भयो । उहाँले संविधान स्वयंले धारा २६५ मा १० वर्षपछि समीक्षा गर् भनेको भन्दै १० वर्षको अभ्यासमा देखिएका समस्या, सवाल र जटिलतालाई सहज बनाउन संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल गरी व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने र दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय नभएको बताउनु भयो ।

एउटा सार्थक र परिणामुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन हुने बताउनु भयो । गृहमन्त्री लेखकले वर्तमान संविधानको उपलब्धि महत्वपूर्ण रहेको र उपलब्धिको रक्षा गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here