मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


६ आश्विन २०८१, आईतवार १६:१८ मा प्रकाशित

काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ परेका छन्।

साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीका अनुसार एक घण्टासम्म पनि ढोका नखोले पछि प्रहरी टोली भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेका हुन्। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन्। प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन त्यसपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो।

प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here