उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणीः प्रश्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो


३१ भाद्र २०८१, सोमबार १६:५१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गर्नुभएको छ ।


संसदमा प्रश्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएकोको विषय आफूले बुझ्न नसकेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो । उपसभामुख इन्दिर रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो ।

प्रधानमन्त्री ओलीले सोही विषय सोमवारको प्रतिनिधि सभा बैठकमा उल्लेख गर्दै प्रश्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनि प्रश्न समेत गर्नुभयो ।

कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गालीगलौजको शैलीमा प्रश्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here