काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय


३१ भाद्र २०८१, सोमबार १५:४४ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ ।


सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले दुई राजनीतिक ठूला दलहरु मिल्दा विगतमा पनि देश र जनताका लागि हित भएको बताउनु भयो । उहाँले निर्वाचन प्रणालीमा संशोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुई दल मिल्दा कसैले पनि नकारात्मक टिप्पणी गर्न आवश्यक नरहेको बताउनु भयो । सांसद रोकायले ठूला राजनीतिक दलहरुबीच एक आपसमा सौहाद्रपूर्ण सम्बन्ध हुनुपर्ने बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here