सूर्योदय टेलिभिजनको समाचार सम्पादकमा पौडेल नियुक्त


१ आश्विन २०८१, मंगलवार १३:४९ मा प्रकाशित

बिर्तामोड, असोज १ । सूर्योदय टेलिभिजनको समाचार सम्पादकमा राजु पौडेल नियुक्त हुनु भएको छ । सूर्योदय टिभी एण्ड मिडिया प्रा.लीका अध्यक्ष मनोज उप्रेती र प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले मंगलबार बिर्तामोडस्थित कार्यलयमा पौडेललाई स्वागत गर्नुभयो ।

टेलिभिजनका सम्पादक उमाकान्त खनालले राजिनामा दिएसँगै टेलिभिजन सञ्चालन समितीको हालैको वैठकले खनालको राजिनामा स्वीकृत गर्दै पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पौडेलको आगमनसँगै टेलिभिजनको समाचार परिष्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले नयाँ चुनौतीको सामना गर्दै टेलिभिजनलाई अगाडी बढाउन नवनियुक्त पौडेलको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना प्रदान गर्नुभयो ।

नवनियुक्त सम्पादक पौडेलले सामाजिक सञ्जालको बढ्दो प्रभावले टेलिभिजन हेर्ने दर्शकको संख्यामा कमी आएकोले आम दर्शकको चाहनालाई सम्बोधन गर्दै नयाँ ढंगबाट टेलिभिजनलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

पौडेलले यसअघि पनि सूर्याेदय टेलिभिजनको समाचार शाखाको नेतृत्व सम्हाल्नु भएको थियो । सूर्योदय टेलिभिजनको संस्थापक समाचार संयोजक रहिसक्नु भएका पौडेल पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनको कोशी प्रदेश ब्यूरो प्रमुखको जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । एकदशक भन्दा बढी टेलिभिजन पत्रकारिता गर्नुभएका पौडेल खोज पत्रकारिता र फिल्ड रिर्पोटिङमा दख्खल राख्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here