डेंगी संक्रमणबाट झापामा एक जनाको मृत्यु


२६ श्रावण २०८१, शनिबार ०९:१८ मा प्रकाशित

झापा । झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बिएन्डसी अस्पताल लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here