ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु


२६ श्रावण २०८१, शनिबार ०९:२३ मा प्रकाशित

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here