इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो


२५ श्रावण २०८१, शुक्रबार १८:०४ मा प्रकाशित

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ । शुुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिनुभयो ।

 प्राविधिक पराजुलीका अनुसार काठमाडाै‌‌‌ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन ? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here