देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने


३ श्रावण २०८१, बिहीबार १८:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ । बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताउनु भयो । उहाँले गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उहाँले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताउनु भयो ।

उहाँले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताउनु भयो । उहँले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताउनु भयो ।

२१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गर्नुभयो ।सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here