रामेछापबाट तस्करी गरिएको काठ सुनसरीमा समातियो


३ श्रावण २०८१, बिहीबार १८:१७ मा प्रकाशित

रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालबाहक ट्रक नियन्त्रण पछिको छानबिनमा काठ तस्करीको खुलासा भएको छ । रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार ट्रक अनुसन्धानको क्रममा खयर काठ तस्करीको खुलासा भएको हो ।

प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफीयत भेटिएको छ ।

धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताउनु भयो । छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै  प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताउनु भयो ।

 सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो ।

उक्त परिमाणका काठ बा.प्र.०१००६ख२१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ख००९५ र क.प्र.०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याई पु¥याइएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ । सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालक सहितको हकमा कानून बमोजिमको कारबाही हुने जनाएको छ ।

काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाएको छ । स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो । यद्यपि ति ट्रकबारे धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here