देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली


३ श्रावण २०८१, बिहीबार १४:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनु भयो ।

देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनु भयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनु भयो । उहाँले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनु भयो । 

उहाँले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here