४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट


३ श्रावण २०८१, बिहीबार १३:०९ मा प्रकाशित

नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकासँग आग्रह गर्नुभयो । हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको बताउनु भयो ।

उहाँले विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरु यकिन गरि नसकेको बताउनु भयो । उहाँले नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु रहेको बताउनु भयो । 

४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत जलवायु परिवर्तनबाट
विज्ञ क्षेत्रीले विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको बताउनु भयो । उहाँकाअनुसार युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन् ।

नेपाल जस्तो विकासोन्मुख देशहरु ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा परेको बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरुले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसक्ने जिकिर गर्नुभयो ।

पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउने बताउनु भयो । विकसित देशहरु भन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको बताउनु भयो । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको बताउनु भयो । 

उहाँले नेपालमा जलवायु परिवर्तनका कारण नेपालको संस्कृति र हिमाली क्षेत्रका नागरिकमा बढी असर परेको बताउनु भयो । उहाँले ग्रामिण भेगसम्म जलवायु परिवर्तनका असरबारे जानकारी गराउन नसके अनुकुलतातर्फ लैजान नसकिने बताउनु भयो । अहिले १ डलर विपद्पूर्व तयारीका लागि गर्ने हो भने भविष्यमा ४ डलर रुपैयाँ जोगाउन सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here