नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैनः उपप्रधानमन्त्री सिंह


२ श्रावण २०८१, बुधबार १४:२६ मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।


बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले नेपालीहरुले पाएको अधिकारका लागि महिलाहरुको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरुले दिनुभएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताउनु भयो । 

उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताउनु भयो । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरुलाई पुनः प्राप्ति गर्न मंगलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरुको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here