नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छुः नेता कोईराला


२ श्रावण २०८१, बुधबार १४:०० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ । बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताउनु भयो । उहाँले महिलाहरुमा समाजलाई डो¥याउनसक्ने क्षमता हुने बताउनु भयो । उहाँले महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताउनु भयो । उहाँले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here