देउवाले बोलाए पार्टीको पदाधिकारी बैठक


९ श्रावण २०८०, मंगलवार १०:५७ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ ।

भोलि दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने गरी देउवाले बैठक बोलाउनु भएको हो । 

बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ । 

त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले  सानेपामा कार्यालय तहमा छलफल गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here