निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैनः उर्जामन्त्री खड्का


१० आश्विन २०८१, बिहीबार ११:५० मा प्रकाशित

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताउनुभएको छ ।


काठमाडौंमा आयोजित एका कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गर्नुभयो । उहाँले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बताउनु भयो । उहाँले आन्तरिक वा वाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिवद्धता जनाउँदै । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताउनु भयो । 


मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक र आर्थिक हिसावमा ठूलो क्रान्ति गरिरहेका मुलुकहरुको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । अहिले अल्मलिने बेला नभएको र सबैकुराको समस्या समाधान गर्नेगरी सरकार अघि बढिरहेको जिकिर गर्नुभयो । मन्त्री खड्काले एकले अर्कालाई दोषारोपण गर्नेकुरामा अल्झिनु नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here