दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छः उपमहासचिव बस्नेत


१० आश्विन २०८१, बिहीबार १२:२८ मा प्रकाशित

काठमाडौं । ‍‍नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।


काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो । उहाँले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताउनु भयो ।

उहाँले तिब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताउनु भयो । 
उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here