केन्द्रीय समितिको निणर्य आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छः कोइराला


९ श्रावण २०८०, मंगलवार १९:४६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निणर्य आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताउनुभएको छ ।

४१ औं स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व बिषयक बिचार गोष्ठीमा कोइरालाले केन्द्रीय समितिमा खुल्ला रुपमा पार्टीका चुनौती लगायतका बिषयमा छलफल भएको भन्दै बैठकको निणर्य आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताउनुभएको हो ।

उहाँले पार्टीको केन्द्रीय समितिभित्रको बैठक प्रत्यक्ष प्रसारण गर्दा आफूलाई असहज लागेको पनि बताउनुभयो । कोइरालाले चुनावी गठबन्धनको बिपक्षमा आफू रहेपनि अहिलको निर्वाचन प्रणालीमा कुनै दलको बहुमत आउन सम्भव नै नरहेकाले गठबन्धनमा जानै पर्ने अवस्था रहेको धारणा राख्नुभयो ।

उहाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने आँट गर्नुपर्ने र गठबन्धन गर्नैपरे निर्वाचन पछि मात्रै गर्नुपर्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here