असोज ११ गते बिर्तामोडमा ‘द फेशन नेपाल’ हुने


९ आश्विन २०८१, बुधबार २०:३९ मा प्रकाशित

बिर्तामोड । इलाईट इभेन्टको आयोजनामा झापामा द फेसन नेपाल सो हुने भएको छ । असोज ११ गते हेवन वाटर पार्कको चिरआयु रोयल रिसोटर्मा उक्त फेसन सो हुने भएको हो । फेसन सो अपहरान्न ४ वजेदेखी ९ बजेसम्म हुने छ ।

झापाभरिका ३० जना सहभागीहरुमध्ये बाट १८ जनालाई छनोट गरिएको हो । उत्कृष्ट हुनेलाई ब्रान्ड एपिसिटर, ब्रान्ड मोडल कर्मसियल मोडल विधाहरुमा अवसर प्रदान गरिने इलाईट इभेन्टका प्रबन्ध निर्देशक कुसल गिरिले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय मानिसहरुमा हावी भएकाे मोडलिङको बारेमा नकारात्मक बुझाइलाई चिर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । फेसन सो मा ८ लाख अनुमानित खर्च सकिने आयोजकले जानकारी दिएको छ ।


११ गते हुने द फेशन नेपालको फाइनलमा अभिनेत्री करिश्मा मानन्धर र स्थानीय फेशन मोडल सुवानी खड्का क्षेत्रीको समेत उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बिर्तामोडको चिरायु रिसोर्टमा असोज ११ गते ४ बजेदेखि हुने कार्यक्रम ५०० र ३०० रुपैयाँको टिकट रहने बताइएको छ ।

अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीलाई १२ दिनको तालिमसमेत दिइएको बताइएको छ । पत्रकार सम्म्मेलनमा इभेन्ट मेनेजर चेतनसिंह बस्नेत, फेशन डिजाइनर विवेश राई, जेशु अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here