इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण शुरु


१० आश्विन २०८१, बिहीबार ११:०४ मा प्रकाशित


इजरायली लडाकु विमानहरूले बुधवार साँझ पूर्वी र दक्षिणी लेबनानमा गहन हवाई आक्रमण पुनः शुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् ।

इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् । सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको बताएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयले लेबनानमा बुधवार जारी इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको र २२३ जना घाइते भएको बताएको थियो । सोमवार र मंगलवार, इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको छ ।

जसको परिणामस्वरूप देशभर ५५० भन्दा बढी मृत्यु र १८ सय भन्दा बढी घाइते भएका छन् । लेबनानी वातावरण मन्त्री नासेर यासिनले इजरायलको बमबारीले विगत ७२ घण्टामा १ लाख ५० हजार  भन्दा बढी बासिन्दा विस्थापित भएको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here