गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ ले हद नाघ्योः ओली


९ श्रावण २०८०, मंगलवार ०८:४१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ ले हद नाघेको उल्लेख गर्नुभएको छ ।

कम्बोडिया भ्रमणबाट फर्कनुभएका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उहाँको कार्यशैलीमाथि टिप्पणी गर्नुभएको हो ।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ अध्यक्ष ओलीले भन्नुभयो,’अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here