डिजेल र मट्टितेलको मूल्य घट्यो


२ जेष्ठ २०८०, मंगलवार २२:४६ मा प्रकाशित

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ ।

पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो ।

पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धनको प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here