राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै, अध्यक्ष लिङ्देनले सवालहरूको जवाफ दिने


३ जेष्ठ २०८०, बुधबार ०७:२७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिईदैछ ।

अध्यक्ष लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिनुभयो ।

हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरूले ३–३  मिनेटमा आफ्नो धारणा राखेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here